FAQs Complain Problems

मानेभञ्ज्याङ गाउँपालिकाको माेवाइल एप्स सार्वजनिक

मानभेञ्ज्याङ गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउपालिकाले एक कार्यक्रमका साथ आजबाट एप्स सञ्चालनमा ल्याएको हो । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि मोवाईल एप्स सञ्चालनमा ल्याएको मानभेञ्ज्याङ गाउँपालिकाका सुचना प्रविधि अधीकृत राम चन्द्र न्यौपानेले जानकारी दिनुभया दिनुभयो । सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सुचना तथा जानकारि, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगाएत गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिने व्यवस्था भएको सुचना प्रविधी अधीकृत न्यौपानेले बताए ।
त्यस्तै गाउँपालिका बाट पारीत भएका सम्पूर्ण ऐन कानुन, कर्मचारी विवरण, जनप्रतिनिधी विवरण, गाउँपालिकाका महत्वपूर्ण पर्यटकिय स्थल, आपातकालीन नम्बर, गाउँपालिका तथा वडा कार्यालय बाट प्रदान गरिने सेवा र सो सम्बोधित सम्पूर्ण बिबरण पनि एप्स मार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको गतिविधिहरु जनकारी लिनका लागि आफ्नो मोवाईलमा रहेको {Play Store) मा गई { -(Manebhanjyang Rural Municipality) टाईप गरी गाडनलोड गरेर गाउँपालिकाको हरेक सुचना गतिविधिहरु मोवाइल मार्फत नै जानकारी लिन सकिने बताइएको छ ।
गाउँपालिकामा मोवाईल एप्स सञ्चालनमा आएसंगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामको विषयमा हेर्न पाउने भएपछि गाउँपाकिलाकाका ९ वटै वडाका स्थानीयहरु खुशी भएका छन् । जिल्लाका १ नगरपालिका र ७ वटा गाउँपालिका मध्ये मोवाइल एप्स सञ्चालनमा ल्याउने मानभेञ्ज्याङ गाउँपालिका तेस्रो बनेको छ ।

आर्थिक वर्ष: