FAQs Complain Problems

सूचना तथा समाचार

वडा दशैकाे शुभकामना

विवरण उपलब्ध गराइदिने बारे ।

,

विषय : विवरण उपलब्ध गराइदिने बारे ।
श्री वडा कार्यालयहरू सबै ।
मानेभञ्ज्याङ गाउँपालिका ।

प्रस्तुत विषयमा आ.व. २०७६/०७७ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन स्थायी बसोबास भएका वडामा गत चैत, बैशाख महिनामा निवेदन दिएका बेरोजगार व्यक्तिको सूची र निवेदनउपर रोजगारीको हक सम्बन्धी ऐन, नियमावलीमा उल्लिखित आधारहरू बमोजिम छानविन गरी गाउँ कार्यपालिकाबाट आवश्यक निर्णय गरिदिन तथा आवेदन फारममा भर्नुपर्ने विवरणहरू पूर्ण रूपमा नभरी आवेदन सङ्कलन गरी पठाइएकोले आवश्यक विवरण सङ्कलनका लागि वडा कार्यालयलाई सर्कुलर गरिदिन रोजगार सेवा केन्द्रबाट अनुरोध भए बमोजिम कार्यपालिका बैठकबाट सो निर्णय गर्नका लागि सम्बन्धित वडा कार्यालयमा प्राप्त भएका निवेदन र सूचीउपर छानविन गरी छानविनबाट विवरण सही र गलत रहेका व्यक्तिहरूको अलग अलग सूची बनाई वडा अध्यक्षबाट अनिवार्य रूपमा प्रमाणित गरी मिति २०७६ कात्तिक ५ गतेभित्र गाउँ कार्यपालिकाको कार्यालयमा उपलब्ध गराइदिनु हुन अनुरोध छ । 
कार्यपालिकाबाट स्वीकृत भएको विवरण मात्र रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिने भएकाले सो मितिसम्म पूर्ण विवरण प्राप्त नभएका वडा कार्यालयका बेरोजगार व्यक्तिहरूलाई यस आ.व.मा सञ्चालन गरिने कार्यक्रममा संलग्न गर्न नसकिने व्यहोरा समेत अवगत गराइन्छ । 
विवरण उपलब्ध गराउने ढाँचा तथा आवश्यक अन्य विवरण यसै पत्रसाथ संलग्न गरिएको छ ।
 

कृषकहरुलाई खुसिको खवर

मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नंं. ६ स्थित फुलबारी मैदान मैदान निर्माण आयोजना जक्मा अनुगमनका क्रममा

, , , , , , , , , , ,

मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नंं. ६ स्थित फुलबारी मैदान मैदान निर्माण आयोजना जक्मा अनुगमनका क्रममा हामी मानेभञ्ज्याङ्ग गाउँपालिकाका टिम लिडर प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख दिनेश घिमिरे इन्जिनियर राज कुमार थापा का साथै सुचना प्रविधि अधिकृत राम चन्द्र न्यौपानेको टिमले निकै कठिनाईका साथ अयोजना स्थलमा पुगी योजना अनुगम गर्ने कार्य सम्पन्न गरियो। 

बेराेजगारहरूका लागि राेजगार शुवर्ण अवसर

मिति २०७६ असार २८ गते विराटनगरमा १ नं. प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजना गरिने प्रथम प्रादेशिक रोजगार मेलामा रोजगारदाताहरूबाट तपशील बमोजिमको दरबन्दी माग हुन आएकाले आवश्यक न्यूनतम योग्यता पुगेका नेपाली नागरिकहरूलाई रोजगार सेवा केन्द्रमा असार २४ गते ४ बजेभित्र सम्पर्क गर्नुहुन वा प्रदेशको सामाजिक विकास मन्त्रालयको वेभसाइट www.mosd.p1.gov.np  मार्फत अनलाइन दर्खास्त दिनुहुन जानकारीका लागि अनुरोध छ । माग गरिएको दरबन्दी विवरण यो सूचनासँगै टाँस गरिएको छ ।

मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू

, , , , , , , , , ,

मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू

न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना

न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना

मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल

मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल भएको हुदाँ सम्पुर्ण गाउँकार्यपालिका जनप्रतिनिधिहरु लगाएत सम्पुर्ण कर्मचारी साथीहरुलाई धन्यवाद व्यक्त गर्दछौ । 
मानेभञ्ज्याङ्ग गाउँपालिका परिवार 

न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सुचना

Pages